परिषद्को परिचय
नेपाल कानून व्यवसायी परिषद् एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित एवम् संगठित संस्था हो । कानून व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र व्यवस्था गर्न बनेको नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० अन्र्तगत यो परिषद्को स्थापना भएको हो । २०५०।८।७ मा प्रारम्भ भएको उक्त ऐनको दफा १ र ४ सोही मितिदेखि नै र बा"की अन्य दफाहरू २०५१।४।२७ देखि लागू भएको हो । परिषद्को स्थापना हुनु अघि तत्काल लागू रहेको कानून व्यवसायी ऐन, २०२५ बमोजिम कानून व्यवसायीहरूको प्रमाणपत्र दिने, दर्ता अभिलेख राख्ने र व्यवसायिक अनुशासनमा नरहेका कानून व्यवसायीलाई कारबाई र सजाय गर्ने कार्य सर्वाेच्च अदालतबाट हु"दै आएको थियो । परिषद् स्थापना भएपछि कानून व्यवसायमा प्रवेश गर्नेहरूको परीक्षा लिने, कानून व्यवसायीमा नाम दर्ता गर्ने, व्यावसायिक आचार संहिता निर्धारण गर्ने, तोकिएको व्यवसायिक आचार संहिता अनुरूप कानून व्यवसायीले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने, व्यवसायिक आचरण विरूद्ध गरेको कार्यसम्बन्धी उजूरी लिने र अनुशासनमा कारबाई र सजाय गर्ने, व्यवसायमा संलग्न कानून व्यवसायीहरूको अभिलेख अद्यावधिक राख्ने, व्यवसायलाई गरिमायम बनाउन आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने, कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने, कानून व्यवसायीको हित अभिवृद्धि गर्न अध्ययन, छलफल, सभा, गोष्ठी, प्रवचन आदिको व्यवस्था गर्ने र आवश्यक प्रकाशनको व्यवस्था गर्ने तथा स्तरीय कानूनी शिक्षालाई प्रोत्साहन दिन कानून व्यवसायको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिश गर्ने कार्य परिषद्ले गर्दछ । तर वरिष्ठ अधिवक्ताको उपाधिका हकमा कुनै अधिवक्ताले कम्तीमा १५ वर्ष सर्वाेच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानून व्यवसाय गरी पेशाको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको भन्ने सर्वाेच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वाेच्च अदालतले सम्मानस्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सक्ने र त्यस्तो वरिष्ठ अधिवक्ताले पनि तोकिए बमोजिमको आचरण पालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ र वरिष्ठ अधिवक्ताको दर्ता एवम् अद्यावधिक अभिलेख राख्ने र आचार संहिता निर्धारण एवम् अनुगमन तथा अनुशासनको कारबाई परिषद्बाटै हुन्छ । परिषद्ले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० अन्तर्गत कानून व्यवसायीको आचार संहिता, २०५१ आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ पाठ्यव्रmम तथा परीक्षा सञ्चालन नियमावली, २०५५, कानून व्यवसायी परीक्षा सञ्चालन निर्देशिका, २०५५, लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१, कर्मचारीको नियुक्ति र सेवासम्बन्धी नियमावली, २०५५, आर्थिक प्रशासन नियमावली, २०५५, अनुशासन समिति (कार्यव्यवस्था) नियमावली, २०५८ बनाई उल्लिखित ऐन, नियम र निर्देशिका एवम् समय समयमा परिषद्को बैठकबाट भएको निर्णयको आधारमा परिषद्ले आफ्नो कार्य सञ्चालन गर्दै आइरहेको छ ।


परिषद्को गठन विधि
परिषद्को उद्देश्य परिपूर्तिको लागि गठन भएको नेपाल कानून व्यवसायी परिषद्मा ११ जना पार्षद्हरू हुन्छन् । जसमा नेपाल अधिराज्यका महान्यायाधिवक्ता – पदेन अध्यक्ष, नेपाल बार एशोसिएशनको अध्यक्ष – पदेन उपाध्यक्ष, सर्वाेच्च अदालतको रजिष्ट्रार र त्रिभुवन विश्वविद्यालय कानून संकायका डीन – पदेन पार्षद् रहने व्यवस्था छ र नेपाल अधिराज्यका ५ विकास क्षेत्रबाट ५ वर्षे कार्यावधिको लागि सोही क्षेत्रमा कार्यरत वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको निर्वाचन मण्डलद्वारा १÷१ जना पार्षद् निर्वाचित भएर आउ"छन् भने नेपाल बार एशोसिएशनबाट २ जना पार्षद् २ वर्षे कार्यावधिका लागि मनोनित भएर आउ"छन् । निर्वाचित र मनोनित हुने पार्षद् कम्तिमा १० वर्ष कानून व्यवसायको काम गरिसकेको व्यवसायिक अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता हुनुपर्ने अनिवार्यता छ ।


परिषद्को कार्यालयको प्रशासकीय प्रमुखको रूपमा एकजना सचिव रहने र सो पदमा परिषद्ले कम्तीमा कानून स्नातक भएको व्यक्तिलाई नियुक्ति गर्न वा परिषद्को अनुरोधमा नेपाल सरकारले राजपत्रांकित कर्मचारीलाई सचिवको रूपमा कार्य गर्ने गरी खटाउने कानूनी व्यवस्था अनुसार हाल नेपाल सरकारद्वारा खटाइएका राजपत्रांकित द्वितीय श्रेणीका सचिव कार्यरत रहदै आएको छ र सोको अतिरिक्त परिषद्मा एक प्रशासकीय अधिकृत लगायत आवश्यक संख्यामा कर्मचारीहरूको व्यवस्था रहेको छ ।




परिषद्को कार्यक्षेत्र
कानून व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र व्यवस्था गर्न स्थापना भएको यस परिषद्को कार्यक्षेत्रलाई निम्न बमोजिम विभाजन गर्न सकिन्छ –
(क) कानून व्यवसायमा प्रवेश गर्नेहरूको परीक्षा लिने,
(ख) कानून व्यवसायीमा नाम दर्ता गर्ने र व्यवसायमा संलग्न कानून व्यवसायीहरूको अभिलेख अद्यावधिक राख्ने,
(ग) व्यावसायिक आचार संहिता निर्धारण गर्ने,
(घ) तोकिएको व्यवसायिक आचार संहिता अनुरूप कानून व्यवसायीले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने,
(ङ) व्यवसायिक आचरण विरूद्ध गरेको कार्यसम्बन्धी उजूरी लिने र अनुशासनमा कारबाई र सजाय गर्ने,
(च) कानून व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहित तथा सुविधाको संरक्षण गर्ने र व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने,
(छ) स्तरीय कानूनी शिक्षालाई प्रोत्साहन दिन कानून व्यवसायको लागि उपयुक्त शैक्षिक मापदण्डको सिफरिश गर्ने,
(ज) नेपाल कानूनहरूको वार्षिक सर्वेक्षण तथा कानून व्यवसायीहरूको दर्ता एवम् अद्यावधिक लगत एवम् परिषद्को गतिविधिहरूको सार्वजनिक जानकारीका लागि आवश्यक प्रकाशनको व्यवस्था गर्ने ।
Nepal Bar Council Building
सूचना :
  • कानून व्यवसायी परीक्षाको परीक्षा केन्द्र र परीक्षा कार्यक्रम सम्बन्धी जरूरी सूचना
    कानून व्यवसायी अधिवक्ता तहको तेइसौं परीक्षा देहाय बमोजिमको केन्द्रमा देहायको मिति र समयमा हुने गरी निर्धारण गरिएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    १) परीक्षा केन्द्र काठमाण्डौं
    इन्जिनियरिड्ड अध्ययन संस्थान पुल्चोक क्याम्पस (पुल्चोक, ललितपुर) – काठमाडौं मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू
    २) परीक्षा केन्द्र बिराटनगर
    बिराट महेन्द्र रात्री मा.वि. (बिराटनगर, शनिहाट छेउ)– बिराटनगर मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू
    ३) परीक्षा केन्द्र राजविराज केन्द्र
    श्री केशो अनिरुद्रवति मा.वि. (राजविराज) – राजविराज मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू
    ४) परीक्षा केन्द्र पोखरा
    जनप्रिय बहुमुखी क्याम्पस (रत्न चोक पोखरा)– पोखरा मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू
    ५) परीक्षा केन्द्र बुटवल
    बुटवल बहुमुखी क्याम्पस– बुटवल मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू
    ६) परीक्षा केन्द्र नेपालगञ्ज
    महेन्द्र बहुमुखी क्याम्पस– नेपालगञ्ज मूल केन्द्र राखी फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरू

    मिति विषय
    २०७४।०२।१२ भाग (१) संवैधानिक, प्रशासनिक तथा अन्तर्राष्ट्रिय कानून
    २०७४।०२।१३ भाग (२) फौजदारी, देवानी तथा वाणिज्य कानून
    २०७४।०२।१४ भाग (३) प्रमाण कानून र कार्यविधि कानून
    २०७४।०२।१५ भाग (४) कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचार संहिता एवं मिसिल अध्ययन र अभ्यास

    परीक्षा समयः– बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म

    सचिव
    नेपाल कानून व्यवसायी परिषद्
     
  • लेख/रचना सम्बन्धी सूचना

    यस परिषद्बाट आगामी साउनमा प्रकाशित हुने Nepal Bar Council Law Journal 2016 मा समावेश गर्नको लागि संविधान, कानून र न्यायसँग सम्बन्धित समसामयिक विषयक अनुसन्धानमुलक ३००० देखि ५००० शब्दसम्मको लेख/रचना आगामी चैत्र मसान्त भित्र परिषद्को कार्यालयमा इलेक्ट्रोनिक कपि सहित पठाउनु हुन सम्बन्धित इच्छुक महानुभावहरुको जानकारीका लागि यो सूचिना प्रकाशित गरिएको छ ।
    नोटः १) संलग्न लेख/रचना अन्यत्र प्रकाशित नभएको हुनु पर्नेछ ।
    २) संलग्न लेख/रचनामा पाद टिप्पणी (Footnote) हुनु पर्नेछ ।

    - तोकिएको समय भित्र प्राप्त नभएको लेख/रचना समावेश गराइने छैन ।


    ............................
    (गोकुलबहादुर निरौला)
    सचिव