EXECUTION COMMITTEE

Senior Advocate Mr. Sher Bahadur K.C. - Chairman
Senior Advocate Mr. Mahesh Kumar Nepal - Member
Mr. Ramhari Sharma Kafle - Member
nepalbarcouncil
Notice :
  • २०७५ सालमा सञ्चालन हुने कानून व्यवसायी अधिवक्ता तहको २५ औं (विशेष) परीक्षाको संशोधित लिखित परीक्षा कार्यक्रम एवम् परीक्षा केन्द्र सम्बन्धी सूचना
    (प्रकाशित मितिः २०७५।०५।२२ गते शुक्रबार)

    यस परिषद्द्वारा सञ्चालन हुने अधिवक्ता तहको २५ औं (विशेष) लिखित परीक्षा आगामी मिति २०७५ साल आश्विन ५ गते देखि ऐ. ८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भनि पूर्व सूचना प्रकाशित भएकोमा विशेष कारणवस तोकिएको मितिमा परीक्षा सञ्चालन हुन नसक्ने भएकोले देहाय बमोजिमको मितिमा देहाय बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि परीक्षा समितिको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ ।
    मिति विषय
    २०७५।०६।१२ संवैधानिक, प्रशासनिक तथा अन्तर्राष्ट्रिय कानून
    २०७५।०६।१३ फौजदारी, देवानी तथा वाणिज्य कानून
    २०७५।०६।१४ प्रमाण कानून र कार्यविधि कानून
    २०७५।०६।१५ कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचार
    संहिता एवं मिसिल अध्ययन र अभ्यास

    परीक्षा केन्द्रः पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर ।
    परीक्षा समयः दिउंसो १ः०० बजे देखि ४ः०० बजेसम्म

    ...................................
    (रामहरि शर्मा काफ्ले)
    सचिव
     
  • नेपाल कानून व्यवसायी परिषद्को
    सूचना

    यस परिषद्को मिति २०७५।३।१० गते बसेको परिषद्को बैठकले देहायको विषयहरुमा देहाय बमोजिम दस्तुर कायम गरेकोले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

    अद्यावधिक गर्दा

    वरिष्ठ अधिवक्ता रु. ३,०००।–
    अधिवक्ता रु. २,०००।–
    अभिवक्ता रु. १,०००।–
    अभिकर्ता रु. ५००।–

    परिचयपत्र प्रतिलिपि रु. ५००।–
    नयाँ कानून व्यवसायी परिचयपत्र रु. १,०००। –

    ल फर्म दर्ता गर्दा
    ल फर्म दर्ता रु. ५,०००।–
    नवीकरण रु. २,५००।–
    खारेजी रु. ५००।–
    नाम÷ठेगाना संशोधन रु. ५००।–
    शाखा कार्यालय खोल्न रु. १,०००।–

    नवीकरण गर्दा कर चुक्ता गरेको प्रमाण अनिवार्य हुनु पर्नेछ ।

    (रामहरि शर्मा काफ्ले)
    सचिव

     
  •